०५ असार २०८३, शुक्रबार

कोरोना संक्रमणको १३ महिना, मृतक संख्या २० लाख नाघ्यो

माघ ४, २०७७
कोरोना संक्रमणको १३ महिना, मृतक संख्या २० लाख नाघ्यो

विश्वभरि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । गत्वर्ष डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको महामारीले एक वर्ष एक महिनाको अवधिमा करिब २० लाख सङ्क्रमितको मृत्यु भएको हो ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबारसम्म २० लाख नौ हजार ५९५ जनाको मृत्यु भ छ । एक वर्षको अवधिमा नौ करोड ३८ लाख ६९ हजार १८९ जना ब्यक्ति सङ्क्रमित भएका छन् ।

२० लाख सङ्क्रमितको मृत्यु हुनु आफैंमा डरलाग्दो तथ्याङ्क रहे पनि विज्ञहरुले मृतकको संख्या योभन्दा धेरै बढी हुने अनुमान गरिएको छ । उक्त तथ्याङ्कमा पुष्टि भएकाको संख्या मात्रै समेटिएको छ । जस अनुसार सङ्क्रमणको परीक्षण (डाइग्नोसिस)नभई मृत्यु हुनेको संख्या उक्त तथ्याङ्कमा जोडिएको छैन् ।

सीएनएनले कोभिड–१९ बाट मृत्यु हुनेको संख्यालाई एयरबसको दुर्घटनासँग दाँजेको छ । विश्वकै सबैभन्दा ठूलो ब्यवसायिक उडान एयरबस ए३८० ले करिब ५४४ जना यात्रु अटाउने क्षमता राख्छ । एकवर्षभित्र प्रतिदिन ५४४ यात्रु क्षमताका दशवटा एयरबस दुर्घटना हुँदा मृत्यु हुने यात्रु बराबरको संख्या कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

विश्वका अझै कतिपय देशमा परीक्षण दर मापन थोरै छ । जसले गर्दा अतिरिक्त मृतकको संख्या लाखौंमा हुनसक्ने विज्ञको दाबी छ । सिटलस्थित यूनिभर्सिटी अफ वाशिंगटनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएशन’का निर्देशक डा. क्रिष्टोफर मुर्रेका अनुसार अधिक मृत्युको विश्लेषणले तथ्याङ्कमा समेटिएका मृतकको पाँच भागको एक भाग दर्ता नभएको सुझाउँछ । “हामीले कुल मृतक संख्याको २० प्रतिशत अझै बढी हुनसक्छ ।”–उनले प्रष्ट्याए ।

“इक्वेडर, पेरु र रुस जस्ता राष्ट्रमा तथ्याङ्कमा समेटिएको भन्दा करिब ३००–५०० प्रतिशत अत्याधिक मृत्यु भएको छ । तर हामी कहाँ स्पष्ट तथ्याङ्क रहेको स्थानमा यथार्थ मृतक औसतमा २० प्रतिशतले बढ्नेछ ।”– डा. मुर्रेले बताए ।

महामारी जारी रहेकै बेला खोप अभियान समेत सुरु भइसकेको छ । उक्त अभियान अन्तर्गत विश्वका सबै ब्यक्तिसमक्ष खोप पुग्न वर्षौं लाग्न सक्छ । तर अभियानकै बीच महामारी अझै तीब्र गतिमा फैलिदै गएको छ । मृतकको संख्या सधैंभन्दा बढ्दो छ । कोभिड–१९ महामारीमा सङ्क्रमणबाट पहिलो दश लाख मृतक संख्या पुग्न आठ महिना समय लागेको थियो । तर पछिल्लो दश लाख सङ्क्रमितको मृत्यु पछिल्लो चार महिनाभन्दा कम समयमा भएको छ ।

अमेरिकासहित जर्मनी, स्वीडेन, इन्डोनेसिया, इजरायल र जापान यतिबेला महामारीको सबैभन्दा खतरनाक समयबाट गुज्रिरहेका छन् । पछिल्ला केही साता यता विश्वब्यापी रुपमा कोभिड–१९ को सङ्क्रमण दश करोड पुग्न लागेको छ ।

अमेरिकामा सबैभन्दा बढी मृतक संख्या छ । ब्राजिल, भारत र मेक्सिको त्यसपछि सबैभन्दा बढी मृत्यु हुने राष्ट्रहरु हुन् । विश्वको प्रत्येक कुनामा भाइरसको प्रकोप पुगेको छ । तर विश्वबाट अलग्गिएका केही टापू तथा साना राष्ट्रमा सङ्क्रमणबाट हुने मृत्यु गणना गरिएको छैन  । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्