

काठमाडौं, ३ जेठ — चितवन जिल्लाको कालिका नगरपालिकाको मेयरमा नेकपा एमाले ११२४ मतका साथ अग्रता लिएको छ । कांग्रेस ७८४ मतका साथ दोस्रो स्थानमा छ । माओवादी केन्द्र ४२७ मतका साथ तेस्रो स्थानमा छ ।
उपमेयरमा पनि एमालेको अग्रता छ । उसले ९४६ मत ल्याएको छ भने कांग्रेसले ९२९ मत ल्याएको छ । माओवादी केन्द्रले ३७५ मत ल्याएको छ ।