
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) यस्तो सुनको मूल्य प्रति तोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
आइतवार तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।