०६ साउन २०८३, बुधबार

एनआइसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

एनआइसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सभा आइतवार जाजरकोटमा सम्पन्न भएको हो ।

सभाले संस्थाको आ.व २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आ वा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु पारित भएको छ । 

यसका साथै एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लिबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ ।

त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत  साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने २(दुई) जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्