
चीनको नानगोङ शहरले जम्मा पाँच दिनमा १५ सय कोठा भएको आइसोलेसन वार्ड बनाएको छ । थप पाँच हजार कोठाहरू अर्को सातामा बनाइसकिने बताइएको छ ।
यो विशाल आइसोलेसन सेन्टर शहर बाहिर रहेको एक कारखानाको प्रांगणमा बनाइएको हो । प्रिफ्याबबाट कोठाहरू बनाइएका हुन् । त्यसमा कोरोनाको आशंका गरिएका मानिसहरूलाई राखिनेछ ।
प्रत्येक कोठा १८ वर्गमिटरका छन् । तिनमा एउटा खाट, विद्युतीय हिटर, सिंक र शौचालय छ । संक्रमितहरूलाई समय कटाउन वाईफाईको व्यवस्था गरिएको छ ।
जनवरी १० मा बनाउन शुरू गरेर जनवरी १५ मा आइसोलेसन वार्ड तयार पारिएको हो ।
On January 14, the construction of the first batch of 1300 isolation houses in nangong city, Hebei Province, was completed. The house is equipped with heating equipment, new bedding, toilet and hot water kettle. It is understood that the city plans to build 6 isolation houses, pic.twitter.com/fJInBAZWsu
— 青海草原圆-爱毛胖爱国羽 (@ANGELCH85676477) January 15, 2021