०४ असार २०८३, बिहीबार

फोरजीमा एनसेलको हिस्सा ६५ प्रतिशत

फोरजीमा एनसेलको हिस्सा ६५ प्रतिशत

फोरजीमा एनसेलको बजार हिस्सा सबैभन्दा बढि रहेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) रिपोर्टका अनुसार  फोरजीमा एनसेलको बजार हिस्सा सबैभन्दा बढि देखिएको हो ।

हाल फोरजी मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोग गर्ने उपभोक्ताको संख्या ६३ लाख पुगेको छ । 

कार्तिक महिनासम्ममा फोरजीको कुल ग्राहक संख्या ६३ लाख ३२ हजार १९४ रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा दिदै आएका छन् । यो सेवा २१=१९ प्रतिशत नेपालीले प्रयोग गर्ने गरेका छन् ।

चार वर्ष अगाडि यो सेवा पहिलो पटक नेपाल टेलिकमले संचालनमा ल्याएको थियो । एनसेलले टेलिकम भन्दा पाँच महिनापछि यो सेवा संचालनमा ल्याएको थियो । 

प्राधिकरणका अनुसार एनसेलका ४० लाख ८२ हजार ५१७ ग्राहक रहेका छन् भने नेपाल टेलिकमका २० लाख ४९ हजार ९१६ ग्राहक रहेका छन् ।
 
त्यसैगरी स्मार्ट टेलिकमका १ लाख ९९ हजार ७६१ ग्राहक छन् । फोरजी सेवा बजारमा एनसेलको ६५ प्रतिशत, टेलिकमको ३२ र स्मार्ट टेलिकमको ३ प्रतिशत बजार हिस्सा रहेको छ । 

नेपालको कुल ब्रोडब्याण्ड सेवा चलाउने प्रयोगकर्ताको संख्यामा फोरजीको योगदान २६ प्रतिशत रहेको छ । 

सबैभन्दा बढि योगदान ५६ प्रतिशत थ्रीजी सेवाको रहेको छ भने केबल इन्टरनेट फाइबर टु द होम अर्थात एफटीटीएचको योगदान २२ प्रतिशत रहेको छ । 

नेपालमा ब्रोडब्याण्ड सेवाको कुल ग्राहक संख्या २ करोड ३९ लाख २१ हजार १८० रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्