०९ असार २०८३, मंगलबार

अयोध्यामा राम मन्दिर निर्माणका लागि अक्षय कुमारले दिए दान (भिडियो)

माघ ४, २०७७
अयोध्यामा राम मन्दिर निर्माणका लागि अक्षय कुमारले दिए दान (भिडियो)

बलिउड अभिनेता अक्षय कुमारले अयोध्यामा राम मन्दिर निर्माणका लागि दान दिएको आइतवार बताएका छन् । 

सामाजिक सञ्जालमा उनले राम मन्दिर बनाउनका लागि सबैलाई योगदान गर्न आग्रह गरे । 

उनले भने, ‘अयोध्यामा श्रीरामको भव्य मन्दिर निर्माण शुरू भइसकेको छ । अब योगदान गर्ने पालो हाम्रो हो । मैले आरम्भ गरिसकें, तपाईं पनि जोडिनुहुनेछ भन्ने आशा छ । जय सियाराम ।’

भारतका राष्ट्रपति रामनाथ कोविन्दले केही समयअघि राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको एक प्रतिनिधिमण्डललाई भेटेर पाँच लाख भारुको चेक आफ्नो खाताबाट दिएका छन् । 

यसअघि ट्रस्टले अयोध्याको राम मन्दिर स्वदेशमै रहेका सर्वसाधारणबाट चन्दा उठाएर निर्माण गरिने घोषणा गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्