१७ असार २०८३, बुधबार

एचआइभी एड्सबाट किशोरीको मृत्यु

माघ ५, २०७७
एचआइभी एड्सबाट किशोरीको मृत्यु

सप्तरीको राजविराजमा आइतवार साँझ एचआइभी एड्सबाट १ किशोरीको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।

एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि २ हप्ताअघि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

९ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाले बताए ।

उनका अनुसार विक्रम संवत् २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको ३ दिनपछि बुवाको समेत सोही कारणले मृत्यु भएको थियो ।

मृतक अमैयाका १२ वर्षीय भाइ समेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्