११ साउन २०८३, सोमबार

कोरोनाको खोप लगाएको ४५ दिनसम्म रक्सी नपिउन चेतावनी

माघ ५, २०७७
कोरोनाको खोप लगाएको ४५ दिनसम्म रक्सी नपिउन चेतावनी

कोभिड–१९ को खोप लगाएको ४५ दिनसम्म मदिरापान नगर्न भारतको बेंगलुरु राज्यका प्राविधिक सल्लाहकार समितिका अध्यक्ष एमके सुुदर्शनले चेतावनी दिएका छन् ।

कुनै पनि खोप लगाएपछि रक्सी पिउन नहुने उनको भनाइ छ । ‘रक्सी पिउँदा शरीरको इम्युन रेस्पोन्समा असर पर्छ । अन्य खोपमा पनि त्यही देखिएको छ । रुसमा दिइएको स्पुतनिक भी खोपमा पनि त्यसको उल्लेख गरिएको छ,’ उनले द हिन्दू पत्रिकालाई बताए । 

भारतले कोभीशील्ड र कोभ्याक्सिन नामका दुईवटा खोप बनाएको र खोपको फाइदा अत्यधिक होस् भन्ने सुनिश्चित गर्न चाहेको उनको भनाइ छ ।
 

मणिपाल हस्पिटल्सका अध्यक्ष सुदर्शन बल्लाल बेंगलुरुका कोभिड–१९ विज्ञ समितिका एक सदस्य हुन् । उनी पनि रक्सी नपिउन सल्लाह दिन्छन् । 

अल्कोहलले व्यक्तिको रोगप्रतिरोधक क्षमता बिगार्छ । रुसमा पनि खोप लगाएपछि मदिरापान नगर्न सल्लाह दिइएको थियो किनकि त्यहाँ अत्यधिक रक्सी पिउने गरिन्छ । तर अमेरिकी वैज्ञानिकहरूले खोप लगाएपछि रक्सी नपिउन भनेका छैनन् । त्यसो हुँदाहुँदै पनि अत्यधिक मदिरापान चाहिँ गर्नै हुँदैन,’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्