०८ साउन २०८३, शुक्रबार

बेलायतको लागि नेपालको राजदूतमा लोकदर्शन रेग्मी नियुक्त

बेलायतको लागि नेपालको राजदूतमा लोकदर्शन रेग्मी नियुक्त

सरकारले पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको छ । 

सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मन्त्रिपरिषद्को सिफारिसमा रेग्मीलाई राजदूत पदमा नियुक्त गरेकी हुन् । 

सोमवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । 

विज्ञप्तिमा भनिएको छ, 'आज मिति २०७७ साल माघ ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्