११ असार २०८३, बिहीबार

राहत प्याकेज कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह

राहत प्याकेज कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरोत्थानका लागि मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी उद्योग व्यवसायको सहज सञ्चालनका लागि आर्थिक पुनरोत्थानका कार्यक्रम अगाडि बढाउन आग्रह गरेको हो ।

    कतिपय बैंक वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भएबमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा पर्न गएको गुनासो गर्दै महासङ्घले त्यसका सम्बन्धमा ध्यानाकर्षणसमेत गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्