१७ असार २०८३, बुधबार

‘अपरेशन महाहण्ट–७’ : गैंडाको खाग तस्करीका नाइके समातिए

‘अपरेशन महाहण्ट–७’ : गैंडाको खाग तस्करीका नाइके समातिए

चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करीको नाईके तथा खाग लुटपाटमा समेत संलग्न रहेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नम्बर ९ स्थित शक्तिखोर निवासी तारा भनिने बीरमान सिंह प्रजा रहेका छन् । उनलाई  पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ ।

अपरेशन महाहण्ट–७ अन्तर्गत भइरहेका कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्