१६ असार २०८३, मंगलबार

नयाँ कोरोना भाइरस सर्ने क्षमता ७० प्रतिशत बढी

माघ ६, २०७७
नयाँ कोरोना भाइरस सर्ने क्षमता ७० प्रतिशत बढी

बेलायतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भएको छ । 

डिसेम्बरमा कुल संक्रमितको दुई तिहाइमा नयाँ भाइरस पाइएको सरकारी तथ्यांकले देखाएको छ । 

बेलायतमा सेप्टेम्बरमा पहिलो पटक एक बिरामीमा नयाँ भाइरस संक्रमण पाइएको थियो । जसको पुष्टि भने अक्टोबरमा मात्रै भयो । 

लकडाउनको अवस्थामा अन्यत्र संक्रमण नियन्त्रण हुँदै गएपनि केन्ट क्षेत्रमा अस्वभाविक रुपमा बढेपछि वैज्ञानिकले अध्ययन थालेका थिए  । 

यसबारे नयाँ नयाँ तथ्य उजागर हुने क्रम जारी छ ।

अहिलेसम्मको तथ्यांकलाई आधार बनाएर बेलायती वैज्ञानिकले बताएअनुसार नयाँ भाइरसको फैलावट तीव्र छ । सामान्य भाइरसको तुलनामा यो भाइरस ७० प्रतिशतभन्दा बढी तीव्र दरमा फैलिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा ध्रुवराज अर्यालले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्