२३ असार २०८३, मंगलबार

केपी ओलीसँग ३ दिने अल्टिमेटमसहितको स्पष्टीकरण माग, पार्टीबाट निष्काशनको तयारी (पत्रसहित)

केपी ओलीसँग ३ दिने अल्टिमेटमसहितको स्पष्टीकरण माग, पार्टीबाट निष्काशनको तयारी (पत्रसहित)

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने तयारी थालेको छ । सो समूहले सोमबार प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोधिएको पत्र बालुवाटार पुर्याएको छ । पत्रमा ओलीले पार्टी निर्णयको उलंघन गर्दै पार्टी विरोधी गतिविधि गरेको आरोप लगाइएको छ भने स्पष्टीकरणका लागि ३ दिनको मौका दिइएको छ ।
प्रचण्ड नेपाल समूहले माघ २ गतेको स्थायी समिति बैठकको निर्णयअनुसार ओलीलाई स्पष्टीकरण सोधिएको बताइएको छ ।

ओलीलाई सोधिएको स्पष्टीकरणमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हित विपरित र पार्टी विरोधी गतिविधि गरिरहनु भएकाले तपाईलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन किन नगर्ने’ भन्ने स्पष्टीकरण सोधिएको छ । उनलाई विधानको धारा ५६ (ख) को उपधारा १० बमोजिम स्पष्टीकरण सोधिएको तथा बालुवाटारमा पत्र टाँस गरिएको मितिले ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नदिएमा थप कारबाही गरिने प्रचण्ड र नेपालले हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ । यसअघि प्रचण्ड नेपाल समूहले ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाइसकेको छ ।
ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा राजनीतिक रुपमा विभाजित रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्