१३ असार २०८३, शनिबार

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईका भूभागहरुमा हुस्सु र कुहिरो रहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलि रहनेछ।  

यस्तै राति प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
 प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूगोलका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्