
बलिउड अभिनेत्री मौनी रायले विवाह गर्ने भएकी छन् ।
समाचारअनुसार उनले दुबई निवासी सुरज नान्वियारसँग विवाह गर्न लागेकी हुन् ।
दुवै पछिल्लो केही समयदेखि एकअर्कासँग प्रेममा थिए ।
लकडाउनको शुरूको समयदेखि नै अभिनेत्री राय दुबईमा बस्दै आएकी छन् । केही दिनअघि उनले अफ्नो रसम्बन्धको खुलासा गर्दै सुरज र उनको परिवारको साथ तस्वीरसमेत सार्वजनिक गरेकी थिइन् । अन्नपूर्ण पोस्टमा खबर छ ।