२३ जेठ २०८३, शनिबार

यी व्यक्तिलाई भाडामा लिन्छन् मानिसहरू, के छ उनमा त्यस्तो ?

चैत १९, २०७७
यी व्यक्तिलाई भाडामा लिन्छन् मानिसहरू, के छ उनमा त्यस्तो ?

आजकलको जमानामा सबै कुरा भाडामा पाइन्छ । तर मान्छे भाडामा पाइने कुरा चाहिँ अलि अनौठै लाग्छ । 

जापानमा ३७ वर्षीय शोजी मोरिमोटो भाडामा उपलब्ध छन् । 

उनी पहिले प्रकाशन उद्योगमा काम गर्थे । अहिले बेरोजगार छन् । मानिसहरू उनलाई भाडामा लिन्छन् अनि उनीसँग समय बिताउँछन् । 

ट्विटरमा उनका २ लाख ६८ हजार फलोअर छन् । 

उनी राजधानी टोक्योमा बस्छन् । उनलाई १० हजार येन भाडा तिरेर जसले पनि लैजान सक्छ । उनी मानिसहरूसँग बस्छन्, केही प्रतिक्रिया दिन्छन् र सँगै खाना खान्छन् । 

सन् २०१८ मा उनले आफू भाडामा उपलब्ध रहेको भनी ट्विटरमा घोषणा गरे । 

काम शुरू गरेदेखि उनले लगभग तीन हजार मानिससँग समय बिताइसकेका छन् । दिनको कम्तीमा तीन ग्राहक उनीसँग सम्पर्क गर्छन् । 

व्यस्त जीवनशैलीका कारण कसैसँग कुरा गर्न नपाएर बोर भएका मानिसले शोजीलाई भाडामा लिने गरेका छन् । 

उनले ग्राहकसँग उचित दूरी राखेर कुराकानी गर्ने गरेका छन् । 

उनी विवाहित हुन् र ओसाका विश्वविद्यालयबाट भौतिकशास्त्रको डिग्री गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्