१३ असार २०८३, शनिबार

लकडाउनका बेलामा घुम्न निस्केको भन्दै वृद्धलाई रुखमा बाँधियो (भिडियो)

माघ ७, २०७७
लकडाउनका बेलामा घुम्न निस्केको भन्दै वृद्धलाई रुखमा बाँधियो (भिडियो)

चीनमा कोरोनाभाइरस संक्रमण रोक्न लगाइएको लकडाउनलाई उल्लंघन गर्दै घुम्न निस्केका एक वृद्धलाई रुखमा बाँधेर सार्वजनिक बेइज्जती गरिएको छ । 

सामाजिक सञ्जालमा अप्लोड गरिएको फूटेजमा सामुदायिक अधिकारीले वृद्धलाई डोरीले रुखमा बाँधेको अनि यस्तो परिस्थितिमा पनि घरबाट निस्केको भन्दै गाली गरेको सुनिन्छ । 

ती अधिकारीले आफ्ना सहकर्मीहरूलाई ती वृद्धलाई अझै कसेर बाँध्न भनेको पनि सुनिन्छ ।

घटना मंगलवार गाओचङ जिल्लामा भएको हो । 

त्यो खबे प्रान्तको राजधानी शिजियाच्वाङमा पर्छ । त्यहाँ यसै महिनामा कोरोना फैलिएको छ ।

जनवरी ८ मा उक्त शहरले सबै एक करोड १० लाख निवासीलाई अत्यावश्यक नपरेमा घरबाट बाहिर ननिस्कन भनेको छ । 

शहरमा हजारौं भाइरस संक्रमितहरूलाई राख्नका लागि विशाल क्वरेन्टीन शिविर बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्