१५ असार २०८३, सोमबार

चीनले सीमामा बनायो गाउँ, भारतलाई चिकेन्स नेकको डर

माघ ७, २०७७
चीनले सीमामा बनायो गाउँ, भारतलाई चिकेन्स नेकको डर

चीनले भारतसँगको सीमाक्षेत्रमा बोर्डर डिफेन्स भिलेज बनाउने रणनीति अपनाएको भारतीय विश्लेषकहरूले बताएका छन् । 

विभिन्न समाचारहरूमा उल्लेख भएअनुसार, चिनियाँ कम्युनिस्ट पार्टीका क्याडरहरू यी गाउँहरूमा तैनाथ गरिएका छन् । उनीहरू शत्रु शक्तिबाट हुने घुसपैठ रोक्न बसेका हुन् । 

चीनको यस रणनीतिको एक महत्त्वपूर्ण हिस्सा भनेको संरचना निर्माण हो । 

सन् २०१९ मा चीन सरकारले तिब्बतको राजधानी ल्हासालाई सिचुआन प्रान्तसँग रेलमार्गममार्फत जोड्नका लागि सुरुङ र पुल बनाएको छ । नयाँ रेल लिंक चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ र भारतसँग नजिक छ । 

सीमामा गाउँ बन्दा भारतको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको छ । बोर्डर डिफेन्स भिलेजहरूले सीमाक्षेत्रको जनसंख्यामा उल्लेख्य परिवर्तन ल्याउन सक्छन् । 

सन् २०१७ मा भारतीय र चिनियाँ सैनिकहरू दोक्लममा आमनेसामने थिए । उक्त पठार तिब्बतमा रहेको यादोङ काउन्टीभन्दा नौ किलोमिटर मात्र टाढा छ । 

यसको भूअवस्थितिका कारण यो संवेदनशील क्षेत्र हो र भारतीय सीमाबाट यो नजिक छ । 

‘चीनले यस क्षेत्रमा प्रभाव बढाएमा चिनियाँ सुरक्षाबल चिकेन्स नेक भनिने सिलिगुडी कोरिडोरमा आइपुग्छन् । चिनियाँहरूले यादोङमा बसेर चिकेन्स नेकमा प्रभाव जमाएमा भारतले युद्धको स्थितिमा पूर्वोत्तर राज्यहरूमा पहुँच गुमाउँछ,’ एक स्रोतले जी न्युजलाई बताए । 

चीनका राष्ट्रपति सी चिनफिङले पूरा देशमा शासन चलाउन देशका सीमामा सुशासन आवश्यक रहेको बताएका छन् । 

तिब्बत स्वायत्त क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वु यिङजिएले तिब्बत विशेष सीमावर्ती जातीय क्षेत्र भएको र चीनको राष्ट्रिय सुरक्षाका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्