१५ असार २०८३, सोमबार

खोप आउने बित्तिकै लगाउन थालिने, यस्ता व्यक्तिले लगाए गर्छ हानि

खोप आउने बित्तिकै लगाउन थालिने, यस्ता व्यक्तिले लगाए गर्छ हानि

नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो । नेपालमा कोभिड–१९ को सङ्क्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा सङ्क्रमण देखिएको थियो ।

अहिलेसम्म नेपालमा दुई लाख ६८ हजार ३१० जना सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ६२ हजार ६४२ निको, तीन हजार ६९३ सक्रिय सङ्क्रमित र एक हजार ९७५ जनाको सङ्क्रमणबाट निधन भएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले खोप आउने बित्तिकै लगाइने बताए ।
उनकाअनुसार उक्त खोप दुई मात्रा व्यक्तिलाई दिइनेछ । यसरी दुई मात्रा व्यक्तिलाई दिँदा करीब पाँच लाख जनालाई खोप दिइन सकिनेछ ।
सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन भएअनुसार अहिले कोभाशिल्ड खोप भारतबाट ल्याई नेपालमा प्रयोग गर्न थालिएको हो ।

सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने छ । बिहीबार खोप आइसकेपछि भण्डारण गरेपश्चात् खोप क्रमशः प्राथमिकीरणमा परेकालाई दिइनेछ ।

यस्तै खोप गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भवती हुने महिलालाई भने खोपले हानि गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्