११ असार २०८३, बिहीबार
बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति

भव्य समारोहका बीच जो बाइडेनले लिए पद तथा गोपनीयताको शपथ

माघ ७, २०७७
भव्य समारोहका बीच जो बाइडेनले लिए पद तथा गोपनीयताको शपथ

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले एक भव्य समारोहका बीच बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । क्यापिटल हिलस्थित संसद् भवनमा उनले मुख्य न्यायाधीश जोन जी रोबर्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथपछि  सम्बोधन गर्दै उनले अमेरिका र अमेरिकीका लागि राम्रो काम गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई निर्वाचित गराउने जनतालाई धन्यवाद दिए ।उनको शपथ ग्रहण कार्यक्रममा भव्य बनाउन कुनै कसर बाँकी राखिएको थिएन भने संगीतिक प्रस्तुति लगायतले माहोल थप भव्य बनाएको थियो ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको भने सहभागिता रहेन ।  उनको साटो उपराष्ट्रपति माइक पेन्स सहभागी भए । यस्तै पूर्वराष्ट्रपति बिल क्लिन्टल, जर्ज डब्लू बुस र बाराक ओबामा पनि सहभागी भएका छन् ।

यसैबीच नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
उता निवर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छाडिसकेका छन् । बाइडेनको शपथको केही घण्टाअघि ह्वाइट हाउस छाडेर उनी आफ्नो निवास फ्लोरिडा सरेका हुन् । बिदाइ सम्बोधनका क्रममा ट्रम्पले ट्रम्पले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्ष र अमेरिकी नागरिकलाई धन्यवाद दिए ।

सम्बोधनका क्रममा ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि जनतामा फर्किने संकेत समेत गरे । उनले भने, ‘कुनै न कुनै रुपमा म तपाईँहरूको बीच फर्किनेछु ।’
ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै आफूले बाहिरबाटै सरकारको कामबारबाहीबारे निगरानी गर्ने प्रतिक्रिया पनि दिए ।

ट्रम्प ह्वाइट हाउसबाट बिदा हुँदा नयाँ राष्ट्रपति बाइडेनलाई एक सन्देश (पत्र) समेत छाडेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्