
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन बुधबार ४६ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका थिए । निवर्तमान राष्ट्रपति ट्रम्प आजै ह्वाइट हाउसबाट बाहिरिएका छन् भने उनले कुनै न कुनै रुपमा आफू पनि जनता सँगसँगै हुने प्रतिक्रिया दिएका छन् ।
७८ वर्षीय बाइडेन एक भब्य समारोहका बीच बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । क्यापिटल हिलस्थित संसद् भवनमा उनले मुख्य न्यायाधीश जोन जी रोबर्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथपछि सम्बोधन गर्दै उनले अमेरिका र अमेरिकीका लागि राम्रो काम गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई निर्वाचित गराउने जनतालाई धन्यवाद दिए ।
यस्तै नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
शपथ ग्रहण समारोहका तस्बिरहरु हेर्नुहोस्ः




























