२७ असार २०८३, शनिबार

ट्रम्प बाहिरिएसँगै इरानको यस्तो प्रतिक्रिया

माघ ७, २०७७
ट्रम्प बाहिरिएसँगै इरानको यस्तो प्रतिक्रिया

इरानले डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् ।  ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य गरेनन्,' इरानका राष्ट्रपति हसन रुहानीले एक टेलिभिजनमा गरेको टिप्पणीमा बताएका छन् ।

शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेका छन् भने ट्रम्प ह्वाइट हाउसबाट बिदा भइसकेका छन् ।

गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए । रिपब्लीकन पार्र्टीका उम्मेदवार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन् ।

salt training

कमेन्ट गर्नुहोस्