
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातले ड्य्रागन फ्रुटको नाम परिवर्तन गर्न खोजेको छ । ड्य्रागनले चीनलाई सम्झाउने भएकाले नाम परिवर्तन गर्न खोजिएको हो ।
त्यस फललाई कमलम् अर्थात् कमल भनी बोलाउने निर्णय लिइएको छ ।
गुजरातका मुख्यमन्त्री विजय रूपाणीले यस फलमा भएका तीखा चुच्चाहरू फक्रिरहेको कमलको फूल जस्तो देखिने बताए । कमल भारतको राष्ट्रिय फूल हो र सत्तारूढ भारतीय जनता पार्टीको चुनाव चिह्न पनि हो ।
‘
यसलाई ड्य्रागन फ्रुट भनी चिनिन्छ तर यो नाम उपयुक्त छैन,’ रूपाणीले मंगलवार द हिन्दू पत्रिकालाई बताए ।
नाम परिवर्तनमा कुनै राजनीतिक उद्देश्य नरहेको तर ड्य्रागन फ्रुटले चीनको स्मरण गराउने उनले बताए ।
चीन र भारतबीच लद्दादमा सीमाविवाद चर्किएपछि सम्बन्ध चिसो बनेको छ । भारतले राष्ट्रिय सुरक्षा जोखिममा परेको भन्दै सयौं चिनियाँ यापहरू बन्द गरिदिएको छ ।
रूपाणीले नाम परिवर्तनको प्रस्ताव सम्बन्धित अधिकारीहरूलाई पठाएको बताए ।