२५ असार २०८३, बिहीबार

हामी पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने होइनौं : प्रधानमन्त्री ओली

हामी पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने होइनौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने नभएको भन्दै व्यंग्य गरेका छन् ।

आफूपक्षीय प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूसँग आक्रोश, आवेग र प्रतिशोध केही नभएको बताए ।

‘हामी आक्रोश, आवेग, प्रतिशोधमा छैनौं । हामी रातो झण्डा फहराउने हो, पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने होइनौं,’ ओलीले भने, ‘हामी सडकमा रातो झण्डा बोक्ने हौं, कालोझण्डा बोक्ने होइनौं । हामी रातो, उज्यालो भविष्यतिर छौं, हामी कालो, अँध्यारो गन्तव्यतिर छैनौं । हामी गन्तव्यमा स्पष्ट छौं ।’

मान्छेको अन्तिम गन्तव्य सुख भएकाले सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य लिएको प्रधानमन्त्री ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्