११ असार २०८३, बिहीबार

पत्नीले बेवास्ता गरेका कारण झ्यालबाट हाम्फाले यी व्यक्ति (भिडियो)

पत्नीले बेवास्ता गरेका कारण झ्यालबाट हाम्फाले यी व्यक्ति (भिडियो)

चीनको पूर्वी भागमा रहेको वेनलिङमा ली थर भएका एक व्यक्ति पाँचौं तल्लाबाट हाम्फालेका छन् । 

पत्नीले एक वर्षीय छोरालाई मात्र ध्यान दिने गरेको भन्दै उनी ईर्ष्याले जलेर झ्यालबाट हाम्फालेका हुन् । 

शनिवार पत्नीसँग झगडा परेपछि उनले हाम्फालेका थिए । पत्नीले ‘म बाहिर गएको बेलामा तिमीले छोरालाई ध्यानै दिएनौ’ भनी झगडा गरेपछि उनी हाम्फालेका थिए । 

भाग्यवश उनी तेस्रो तल्लामा रहेको छिमेकीको बाल्कोनीमा लडे । उनलाई कुनै चोटपटक लागेन ।

गत वर्ष छोरा जन्मेदेखि पत्नीले आफूलाई निरन्तर बेवास्ता गरेको उनको भनाइ छ ।

भवनबाट हाम्फाल्दा बाँचेपछि ती व्यक्ति नजिकैको पानी ट्यांकीमा गएर डुब्न खोजे । अनि उनकी पत्नीले प्रहरीलाई खबर गरिन् । 

अधिकारीहरूले उक्त क्षेत्रमा खोजी गर्दा ली अचेत अवस्थामा पानीमा रहेको देखे । उनलाई तत्कालै अस्पताल लगिएको र उनको स्वास्थ्य अवस्था ठीक रहेको ताइचो इभिनिङ न्युजले लेख्यो । 

चेन थर गरेकी पत्नीले पति रक्सी पिइरहेको र उनले आत्महत्याको प्रयास गर्नुअघि झगडा गरेको बताइन् । 

पति भवनबाट हाम्फालेपछि पत्नीले उनलाई लिन गएकी थिइनन् किनकि उनी छोरालाई छोडेर जान चाहन्नथिइन् । त्यसले गर्दा ली झनै रिसाएर पानी ट्यांकीमा हाम्फाल्न पुगे । 

भिडियो - 

salt training

कमेन्ट गर्नुहोस्