०७ असार २०८३, आइतबार

संसद् पुनःबहाली हुने माधव नेपालको विश्वास

संसद् पुनःबहाली हुने माधव नेपालको विश्वास

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद् पुनःबहाली हुने विश्वास व्यक्त गरेका छन् ।

सो समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विरोध–सभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गरे। “संसद् विघटन अलोकतान्त्रिक छ जसको सर्वत्र विरोध हुँदै आएको छ”, उनले भने, “यो पुनःबहाली हुन्छ ।” पार्टीमा नेतृत्व नभई नीति प्रधान हुने पूर्वमहासचिव पुष्पलालको भनाइलाई उद्यृत गर्दै नेता नेपालले पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य रहन नसक्ने बताए ।
 
नेकपाका नेता जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले संसद् विघटनबाट नागरिकको सपनामा गम्भीर प्रहार भएको गुनासो गरे ।

salt training

कमेन्ट गर्नुहोस्