०२ साउन २०८३, शनिबार

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ ।

पोखरामा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिए । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्