२८ असार २०८३, आइतबार

‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने पुरानो अभिव्यक्तिमा प्रधानमन्त्रीको यस्तो प्रष्टीकरण

‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने पुरानो अभिव्यक्तिमा प्रधानमन्त्रीको यस्तो प्रष्टीकरण

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन हाल सडकमा रहेकाहरुलाई अनुरोध गरेका छन् । 
आफू निकट नेकपाको पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनःबहुमतसहितको सरकार बन्ने दावी गरे । 

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको दावी गरे । उनले आफूहरुले उहिल्यै गणतन्त्रका लागि व्यवस्थित अभियान चलाइसकेको र लोकतान्त्रिक आन्दोलनताका संयुक्त आन्दोलनको विकल्प नभएका बेला काँग्रेस विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने र आन्दोलनको माग स्पष्ट हुनुपर्ने आफ्नो तर्क रहेको स्मरण गराए ।

salt training

कमेन्ट गर्नुहोस्