२९ जेठ २०८३, शुक्रबार

पैसा कमाउन मलेसिया गएका १९ नेपालीको शव आउँदा आफन्तहरू शोकाकुल [फोटोफिचर]

माघ १०, २०७७
पैसा कमाउन मलेसिया गएका १९ नेपालीको शव आउँदा आफन्तहरू शोकाकुल [फोटोफिचर]

पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १९ नेपालीको शव शनिवार काठमाडौं पुगेको छ ।

विगत डेढ महिनायता मृत्यु भएका नेपालीहरूको शव नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा काठमाडौंसम्म ल्याइदिएको हो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जना मृतकका आफन्त बाकसमा आएको शव देख्दा भक्कानिँदै रुँदै कराउँदै गरेको दृश्य देखिन्थ्यो ।

नेपाल एयरलाइन्सले तीर्थराम लोनिया, सुन्दर राई, कालु तामाङ, लिलाबहादुर खड्का, अजय भण्डारी, लक्ष्मीकुमार माझी, विष्णुकुमार चौधरी, भीमबहादुर मगर, सूर्यबहादुर तामाङ, अजय तामाङ, मिलन लामा तामाङ, प्रदीप शाह, धनबहादुर विश्वकर्मा, नेत्रप्रसाद भट्टराई, वीरेन्द्र राउत कुर्मी, ओजिर खान पैठान, मोहम्द मिस्तार, रामकुमार मुधीयारी र वीरबहादुर तामाङको शव ल्याएको छ ।

निगमले ल्याइदिएको शवलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क रूपमा शवबाहन उपलब्ध गराएर मृतकको घरसम्म पुर्‍याउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्