०६ असार २०८३, शनिबार

सखुवाको काठसहित एक जना पक्राउ

सखुवाको काठसहित एक जना पक्राउ

अवैधरूपमा चोरी गरेर मिनीट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा ९९.५१ किवि सखुवाको काठसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–४ कृष्ण मन्दिरस्थित दक्षिणबाट उत्तरतर्फ को१ख ३०६२ नंको सेतो रङको मिनीट्रक प्रयोग गरी काठ लैजाने इलाम नगरपालिका–२ का २१ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्रकको पछाडिपट्टि क्यारिङको भागमा त्रिपालले छापेर खापा काटेको अवस्थामा चिरान गरेको अवैध सखुवा जातको काठ ल्याउँदै गरेको अवस्थामा राईलाई ताराबारी अस्थायी प्रहरी चौकीले जाँचको क्रममा पक्राउ गरेको हो ।

बरामद काठ, ट्रकसहित उनलाई आवश्यक कानूनी कारवाहीका लागि आजै डिभिजन वन कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्