
नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट १ सुत्केरीको उद्धार गरिएको छ ।
अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ की २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो ।
जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
उनलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको हो ।
कार्यक्रमअन्तर्गत यसअघि पनि जिल्लाबाट सुत्केरीको उद्धार गरेर जीवन रक्षा गरिएको थियो ।