२३ असार २०८३, मंगलबार

पञ्चाङ्ग निर्णायक समितिमा शास्त्रज्ञ, ज्योतिर्विद् नियुक्तिको माग

माघ १०, २०७७
पञ्चाङ्ग निर्णायक समितिमा शास्त्रज्ञ, ज्योतिर्विद् नियुक्तिको माग

नेपाल पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विषयका विज्ञलाई नियुक्त गर्न धर्मशास्त्रविद् एवं ज्योतिषविद्ले माग गरेका छन् । दक्षिण एसियाली ज्योतिष महासङ्घले आज चावहिलमा आयोजना गरेको कार्यक्रममा पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश पारित गरेसँगै नयाँ पदाधिकारी नियुक्ति हुने चर्चा शुरु भएको हो । हालका पदाधिकारीलाई गठन आदेश जारी नभएसम्मका लागि काम गर्नु भनी विसं २०७० मा नियुक्ति पत्र दिइएको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले हालसम्म शास्त्रसम्मत् रुपमा पात्रो (पञ्चाङ्ग) प्रकाशन भएकाले अब पनि यसरी काम गर्न सक्ने शास्त्र र ज्योतिषमा दख्खल भएका व्यक्तिलाई नियुक्त गर्न माग गरे । कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा गणेशप्रसाद घिमिरे, धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई, सहप्रा डा माधवप्रसाद पाण्डेय, समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल, विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेय, किराँत ज्योतिष उत्थान सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मालगायतले वृहस्पति र शुक्र अस्त भएका बेला पनि पुराण वाचन, विवाह जस्ता शास्त्र वर्जित काम भइरहेकाले ज्योतिषीको ध्यान जानुपर्ने बताएका थिए ।

सो अवसरमा महासङ्घको शोधमूलक ग्रन्थ मन्दाकिनी र विधान विमोचन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्