१२ असार २०८३, शुक्रबार

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले निरन्तर आन्दोलन गर्ने

माघ १०, २०७७
प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले निरन्तर आन्दोलन गर्ने

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, कवि अर्जुन पराजुली, समाजका सभापति उत्तम पुडासैनी, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीलगायतले संविधानासभाबाट बनेको संविधान रक्षा गर्ने हो भने प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्