३१ जेठ २०८३, आइतबार

नेकपाका दुबै पक्षले गरेको निर्णय आयोगद्वारा ‘अस्वीकार’

माघ ११, २०७७
नेकपाका दुबै पक्षले गरेको निर्णय आयोगद्वारा ‘अस्वीकार’

निर्वाचन आयोगले नेकपाका दुबै पक्षका दावी नमान्ने निर्णय लिने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । समाचारमा भनिएको छ–आयागले औपचारिक रुपमा नेकपा अझै एउटै रहेको निर्णय गर्ने तयारी गरेको छ ।
दुबै पक्षले अलग अलग ढंगले पार्टीमा गरेको फेरबदललाई आयोगले पुनः अस्वीकार गर्ने भएको हो । दलको विधानलाई आधार मानिएर सोधिएका सवालमा दुबै पक्षले दिएको जबाफप्रति आयोग सन्तुष्ट हुन सकेको छैन ।

प्रधानमन्त्री केपी ओलीलाई नेकपा अध्यक्षबाट हटाइएको, माधव नेपाललाई अध्यक्ष बनाइएको, प्रचण्डको कार्यकारी अधिकार खोसिएको, विधान संशोधन, केन्द्रीय समितिविस्तारलगायतका निर्णयहरु विधानसम्मत नरहेको निष्कर्ष आयोगको छ ।

salt training

कमेन्ट गर्नुहोस्