२९ जेठ २०८३, शुक्रबार

बहस व्यवस्थापनमा कठिनाइ

माघ ११, २०७७
बहस व्यवस्थापनमा कठिनाइ

घोषित मितिअनुसार निर्वाचन आउन तीन महिनाजति छ, तर पनि थोरै समय हुँदा समेत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत भएको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि बहसको व्यवस्थापन गरेको छैन ।

एकातिर बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्दैन र भन्ने प्रश्न इजलासबाट बारम्बार आउनु र अर्कोतिर बहस व्यवस्थापन गर्ने बाध्यात्मक व्यवस्था नगर्दा अनेक आशंका हुन थालेको बताइएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि तथ्यमा प्रवेश गरी बहस भएको आइतबार ठीक एक साता भएको छ ।

यस बीचमा इजलासले बहस व्यवस्थापन गरी विवादलाई चाँडो किनारा लगाउने प्रयास भएको पाइँदैन । यही तवरबाट बहस व्यवस्थापन नगर्ने हो भने विवादको निप्टारा लगाउन नै महिनौं लाग्ने देखिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्