०१ असार २०८३, सोमबार

जब भीष्मले पाँच वाणले पाण्डवहरूलाई मार्न चाहे, महाभारतको रोचक कथा

फागुन ६, २०७७
जब भीष्मले पाँच वाणले पाण्डवहरूलाई मार्न चाहे, महाभारतको रोचक कथा

कौरवका सेना पाण्डवहरूसँग युद्ध हारिरहेको बेलामा दुर्योधन भीष्म पितामहसमक्ष पुगे र ‘तपाईं आफ्नो पूरा शक्ति लगाएर लडिरहनुभएको छैन’ भनी आरोप लगाए ।

यो सुनेपछि भीष्मलाई एकदमै रिस उठ्यो र उनले पाँचवटा सुनौला वाण झिके र केही मन्त्र पढे । मन्त्र पढेपछि उनले तिनै पाँच वाणले पाण्डवहरूलाई भोलि मारिदिने बताए । 

तर दुर्योधनले भीष्म पितामहमाथि विश्वास गरेनन् र वाण आफैं लिएर गए । ‘भोलि बिहान यी वाणहरू फिर्ता गरिदिन्छु’ भने उनले । 

भगवान् श्रीकृष्णले यी वाणहरूका बारेमा थाहा पाएपछि अर्जुनलाई बोलाउनुभयो र दुर्योधनकहाँ गएर पाँच वाण माग्न लगाउनुभयो । 

‘दुर्योधनलाई एकचोटि तिमीले गन्धर्वबाट ज्यान बचाइदिएका थियौ । त्यसको बदलामा केही कुरा माग्नू भनेर दुर्योधनले भन्दा त्यतिखेर केही मागेका थिएनौ । अब गएर त्यही पाँच सुनौलो वाण माग ।’

त्यसपछि अर्जुन दुर्योधनकहाँ पुगे र वाण मागे । आफूले पहिले वचन दिइसकेको हुनाले दुर्योधनले क्षत्रीय धर्म निर्वाह गर्दै वचन पूरा गरे र अर्जुनलाई वाण दिए ।

salt training

कमेन्ट गर्नुहोस्