०९ साउन २०८३, शनिबार

शीतलनिवासमा पौने ४ घण्टा बैठक, एमाले र माओवादीबीच आरोप–प्रत्यारोप

कात्तिक २०, २०७४
शीतलनिवासमा पौने ४ घण्टा बैठक, एमाले र माओवादीबीच आरोप–प्रत्यारोप
लोकान्तर संवाददाता
काठमाडौं, १९ मंसिर– राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कडा रुपमा प्रस्तुत भएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्ताव राष्ट्रहितमा नरहेको भन्दै आफ्नो् पार्टीले सडक र सदनबाट सशक्त प्रतिरोध गर्ने बताएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भने एमालेले संशोधन प्रस्तावको विरोध गर्नुको औचित्य नरहेको भन्दै प्रस्ताव एमालेकै सहमतिमा ल्याइएको बताएका थिए ।
एमालेले संशोधनको विरोध गर्नु उसकै लागि घातक हुने भन्दै प्रचण्डले सो पार्टी र असन्तुष्ट मधेसी मोर्चा सहमतिमा आउनु पर्नेमा जोड दिएका थिए ।
प्रचण्डले सरकारको ध्यान संशोधन प्रस्ताव पारित गराएर तोकिएको मितिमा चुनाव गराउने भएको बताएका थिए । एक नेताका अनुसार सर्वदलीय बैठक भएपनि बैठकमा एमाले र माओवादी केन्द्र (प्रधानमन्त्री प्रचण्ड) बीच आरोप प्रत्यारोप चलेको थियो ।
करीब पौने ४ घण्टासम्म चलेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले मिलेर अघि बढ्नुको विकल्प नरहेको भन्दै दलहरुको ध्यानाकर्षण गराएकी थिइन् ।
राष्ट्रपतिले जारी राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गर्दै अहिलेको प्रमुख कार्यभार भनेको संविधानको कार्यान्वयन र स्थानीय तहको निर्वाचन भएकाले त्यसमा गम्भीर हुन समेत दलहरुको ध्यानाकर्षण गराएकी थिइन् ।
बैठकपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा ल्याएको संविधान संशोधनको प्रस्तावमा आफूहरुको समर्थन हुन नसक्ने कुरा राष्ट्रपतिलाई जानकारी गराएको बताए । उनले संशोधन प्रस्ताव परिमार्जन हुन आवश्यक रहेको समेत बताए ।
यस्तै माले महासचिव सिपी मैनालीले संविधान संशोधन गर्ने विधेयक ठीक नभएको भन्दै सीमांकन हेरफेर गर्ने अधिकार वर्तमान सरकारलाई नभएको जिकिर गरे । सो कुरा एमालेले पनि बैठकमा राखेको मैनालीले जानकारी दिए ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्तीसहित विभिन्न दलका शीर्ष नेताहरु सहभागि थिए ।
बैठकमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई , कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु, हालै एकीकृत भएको राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, मालेका महासचिव सीपी मैनाली, संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्