२२ जेठ २०८३, शुक्रबार

बाइडन र पुटिनबीच टेलिफोन वार्ता, हतियार घटाउने सम्झौता कायम राख्ने सम्भावना

माघ १४, २०७७
बाइडन र पुटिनबीच टेलिफोन वार्ता, हतियार घटाउने सम्झौता कायम राख्ने सम्भावना

अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हतियार घटाउने तथा अन्य महत्त्वपूर्ण सम्झौताका विषयमा कुराकानी भएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पिसाकीले मंगलवार यसको जानकारी दिएकी छन् । 

ह्वाइट हाउसले जारी गरेको बयानमा उल्लेख गरिएको छ, ‘राष्ट्रपति बाइडन र राष्ट्रपति पुटिनले स्ट्राटेजिक आर्म्स रिडक्सन ट्रीटीलाई पाँच वर्षसम्म बढाउन दुवै देश उत्सुक रहेको विषयमा कुराकानी गरेका छन् । फेब्रुअरी ५ सम्ममा यस सन्धिलाई बढाउने प्रक्रिया पूरा गर्नका लागि दुवै राष्ट्रपतिले सहमति जनाएका छन् ।’

हतियार नियन्त्रण बाहेक पनि सुरक्षासँग जोडिएका अनेकौं विषयमा कुराकानी गरेको पनि ह्वाइट हाउसले जनाएको छ । 

रुसलाई असहज लाग्ने विषय पनि बाइडनले उठाएको बताइएको छ । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष दिइएको र पछि पक्राउ गरेको विषय, सन् २०२० को राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप, अफगानिस्तानमा अमेरिकी सैनिकहरूको हत्याका लागि रुसले पुरस्कारको व्यवस्था गरेको विषयलाई पनि उनले उठाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्