१३ असार २०८३, शनिबार

यो हो सबभन्दा तीव्र गतिमा दौडिने कार

माघ १४, २०७७
यो हो सबभन्दा तीव्र गतिमा दौडिने कार

संसारकै सबभन्दा तीव्र गतिमा दौडिने कार बिक्रीमा राख्न लागिएको छ । यसको नाम ब्लडहाउन्ड सुपरसोनिक कार हो । 

यसले सडकमा गुड्ने सबै गाडीको रेकर्ड तोडेको छ । सन् २०१९ मा यसले एक हजार १० किलोमिटर प्रतिघन्टाको गति कायम गरेको थियो । कालाहारी रेगिस्तानमा यसले सबभन्दा द्रुत गतिको कार बन्ने रेकर्ड कायम गरेको थियो ।

यस कारका मालिक इयन वारहर्स्टले १२ सय ८८ किलोमिटर प्रतिघन्टाको गतिमा यो दौडिन सक्ने बताएका छन् । 
 

वारहर्स्ट अरू कोहीले यो कार चलाओस् भन्ने चाहन्छन् । 

बेलायतको योर्कशायरमा बस्ने वारहर्स्टले १२ सय ८८ किलोमिटर प्रतिघन्टाको कीर्तिमान बनाउन कारमा रकेट मोटर लगाउने आवश्यकता रहेको बताएका छन् । त्यसका लागि कुल लगभग डेढ अर्ब रुपैयाँ लाग्ने उनको भनाइ छ । 

संसारमा अहिलेसम्म सातवटा कारले मात्र ९६५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिने कीर्तिमान बनाएका छन् । तर ब्लडहाउन्ड सुपरसोनिक कारले यी सबै कीर्तिमान तोडिदिएको छ । यसलाई अझै द्रुत बनाउन सकिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्