२३ जेठ २०८३, शनिबार

पत्नीले अर्कैसँग गएको झोकमा यी युवक बने 'सिरियल किलर', १८ महिलाको हत्या गरेको खुलासा

माघ १५, २०७७
पत्नीले अर्कैसँग गएको झोकमा यी युवक बने 'सिरियल किलर', १८ महिलाको हत्या गरेको खुलासा

एक युवकले आफ्नी पत्नी अर्कैसँग विवाह गरेर गएको झोंकमा १८ महिलाको हत्या गरेको खुलासा भएको छ ।
ती युवकले ती १८ महिलालाई आफ्नो नजिकको बनाउने, शारीरिक सम्पर्क राख्ने र हत्या गर्ने गरेको खुलासा भएको हो । 
यो घटना भारतको हैदराबादको हो । त्यहाँको टास्क फोर्स प्रहरीले एक सिरियल किलरको पक्राउ गरेको छ । उनलाई २ महिलाको हत्याको आरोपमा पक्राउ गरिएको हो । अनुसन्धान हुँदै गर्दा यसअघि नै उनले १६महिलाको हत्या गरेको खुलेको बताइएको छ । 
अनुसन्धानका क्रममा ती युवकले आफ्नी पत्नी अर्कै पुरुषको साथ भागेपछि आफूलाई महिलाहरूसँग रिस उठ्ने गरेको बताएका छन् ।
उनले ३० डिसेम्बर, २०२० मा एक ५० वर्षीया महिलाको हत्या गरेको आरोप लागेको छ । नर्थ जोन टास्क फोर्सको प्रहरी टीमले ४५ वर्षीय रामुलूलाई पक्राउ गरेको थियो । रामुुलूले पछि अर्की ३५ वर्षीय युवतीको पनि हत्या गरेको बताइएको छ । 
प्रहरीका अनुसार, रामुलूले २१ वर्षको उमेरमा विवाह गरेका थिए । उनको पत्नीले उनलाई छाडेर अर्कै युवकसँग भागेपछि उनले महिलाहरूलाई घृणाको नजरले हेर्न थालेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्