०१ असार २०८३, सोमबार

बंगलादेशमा चीनको खोप ल्याउन भारतले भाँजो हालेको ग्लोबल टाइम्सको दाबी

माघ १५, २०७७
बंगलादेशमा चीनको खोप ल्याउन भारतले भाँजो हालेको ग्लोबल टाइम्सको दाबी

बंगलादेशमा कोरोनाविरुद्धको चिनियाँ खोप उपयोग नगर्नका लागि भारतले भूमिका खेलेको भनी चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले दाबी गरेको छ । 

हिन्दुस्तान टाइम्स पत्रिकामा छापिएको एक खबरको खण्डन गर्दै ग्लोबल टाइम्सले सिनोभ्याक कम्पनीसँग बंगलादेश सरकारले क्लिनिकल ट्रायल गर्नका लागि जुलाई महिनामा सम्झौता गरेको र अगस्ट महिनादेखि परीक्षण शुरू गर्ने योजना बनाएको भनी लेखेको छ । 

तर क्लिनिकल ट्रायल अक्टोबर महिनासम्मका लागि टारिएको किनकि भारतीय सरकारले चीन र बंगलादेशसँगको सहकार्य हसन नदिनका लागि हस्तक्षेप गरेको ग्लोबल टाइम्सले स्रोतहरूको हवाला दिँदै लेखेको छ । 

हिन्दुस्तान टाइम्सले बंगलादेश सरकारलाई चीनको कम्पनीले क्लिनिकल ट्रायलका लागि खर्च बेहोर्न भनेकाले बंगलादेशले भारतसँग सित्तैमा खोप लिएको भनी खबर दिएको थियो । 

अक्टोबर महिनासम्ममा सिनोभ्याकले ब्राजिल र टर्की लगायतका मुलुकहरूमा क्लिनिकल ट्रायल गर्न शुरू गरिसकेको थियो । उसले बंगलादेशमा ट्रायलका लागि बाहिरबाट आर्थिक सहायता प्राप्त नगरेकाले सरकारसँग खर्च साझा गर्ने सम्झौता गरेको थियो । यसको क्षतिपूर्तिका रूपमा पछि बंगलादेशलाई निःशुल्क खोप उपलब्ध गराउने भने पनि बंगलादेशले नमानेको आफूले जानकारी पाएको भनी ग्लोबल टाइम्स लेख्छ । 

भारतले दक्षिण एसियाका मुलुकहरूसँग चीनको सहकार्यलाई बदनाम गर्ने कोशिश गरेको किनकि यो क्षेत्र परम्परागत रूपमा भारतको प्रभावमा रहेको तियान क्वाङचियाङले बताए । उनी चाइनिज एकेडमी अफ सोसल सायन्सेजमा नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्ट्राटेजीका असिस्टेन्ट रिसर्च फेलो हुन् । 

‘दक्षिण एसियामा भारतले आफ्नो प्रभावलाई असर पार्न सकने अनि भारतप्रतिको निर्भरता घटाउन सक्ने शत्रुका रूपमा चीनलाई लिन्छ,’ तियानले बताए । 

आर्थिक दृष्टिकोणबाट हेर्दा भारतले दक्षिण एसियाको खोप बजारमा एकाधिकार जमाउन खोजेको त्यसैले चिनियाँ खोपहरूलाई क्षेत्रीय बजारबाट विस्थापित गर्न खोजेको तियानको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्