
बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्ताहरू जीवन बीमातर्फ आकर्षित भएका छन् ।
यस दिन शेयर बजार मापक नेप्से परिसूचक १८.७८ अंकले बढेको छ ।
बजार ०.७७ प्रतिशतले बढ्दा २४४१.८५ विन्दुमा पुगेको छ ।
यसदिन सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घट्दै ४४६.३८ विन्दुमा झरेको छ ।
बुधवार कारोबारमा आएका कुल २ सय ८ कम्पनीहरूको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँमा किनबेच भएको छ ।
यस दिन १२ उपसमूहमध्ये ५उपसमूहको शेयर बढेको छ भने बाँकी ७ उपसमूहको शेयर घटेको छ ।
बुधवार सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ६.२५ प्रतिशतले बढेको छ । यस्तै निर्जीवन बीमा उपसमूहको ३.९८ प्रतिशत, माइक्रोफाइनान्स १.६९ प्रतिशत, ट्रेडिङ उपसमूहको १.१४ प्रतिशत र मुचुुअल फण्डको ०.२७ प्रतिशतले शेयर बढेको छ ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ९.९९ प्रतिशतले शेयर मूल्य वृद्धि भइ २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ ।
पोखरा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.०५ प्रतिशत गुमाएका छन् ।