२२ जेठ २०८३, शुक्रबार

सम्पादकहरूलाई धम्की आएको भन्दै कानूनी कारवाही गर्न प्रेस युनियनको माग

सम्पादकहरूलाई धम्की आएको भन्दै कानूनी कारवाही गर्न प्रेस युनियनको माग

पूर्व मन्त्री तथा नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतलाई कानूनी कारवाहीको माग गरेका छन् ।

‘प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिँडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली सञ्चारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली सञ्चारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसालझै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ ।’

सम्पादकहरू हरिबहादुर थापा, सुधिर शर्मा र ओम शर्मालाई बस्नेतले सार्वजनिक कार्यक्रममा धम्क्याएको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्