२९ जेठ २०८३, शुक्रबार

‘चीनलाई अमेरिकाको रणनीतिक प्रतिस्पर्धीका रूपमा लिँदा दुर्घटना हुन सक्छ’

माघ १५, २०७७
‘चीनलाई अमेरिकाको रणनीतिक प्रतिस्पर्धीका रूपमा लिँदा दुर्घटना हुन सक्छ’

चीनलाई अमेरिकाको रणनीतिक प्रतिस्पर्धीका रूपमा लिनु गलत हुने र यसो गर्दा गल्ती हुन सक्ने अमेरिकाका लागि चीनका राजदूतले एक अन्लाइन फोरममा सम्बोधन गर्ने क्रममा बताएका छन् । 

ट्रम्प प्रशासनले सन् २०१८ मा चीनलाई रणनीतिक प्रतिस्पर्धीका रूपमा परिभाषित गरेदेखि दुई देशबीच व्यापारदेखि लिएर कोरोनाभाइरससम्मका विषयमा बाझाबाझ हुने गरेको छ । 

जो बाइडन प्रशासनले पनि चीनमाथि दबाब दिइरहन सक्ने अपेक्षा छ । 

राजदूत सुई थ्याँकाईले अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व खोज्ने चीनको दीर्घकालीन नीति रहेको बताए अनि चीनको रेडलाइन पार नगर्न पनि अमेरिकालाई चेतावनी दिए । 

‘चीनलाई रणनीतिक प्रतिस्पर्धी र काल्पनिक शत्रुका रूपमा लिनु ठूलो रणनीतिक भूल हुनेछ,’ सुईले बिहीवार बताए । ‘त्यसलाई आधार बनाएर कुनै पनि नीति बनाउँदा गम्भीर रणनीतिक भूल हुनेछ ।’

चीनले भिडन्त नभई सहकार्य चाहेकोमा सुईले जोड दिए र दुवै पक्षलाई संवादमार्फत भिन्नताहरूको सम्बोधन गर्न आग्रह गरे । तर चीनले सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताका विषयमा आत्मसमर्पण नगर्ने उनको भनाइ छ । 

‘चीन पछि हट्ने छैन । अमेरिकाले चीनको हितलाई सम्मान गर्ने र रेडलाइन पार नगर्ने आशा हामीले गरेका छौं,’ सुईले बताए । 

हङकङ, सिनकियाङ, दक्षिण चीन सागर र ताइवानका विषयमा चीन र अमेरिकाबीच विवाद छ । 

salt training

कमेन्ट गर्नुहोस्