२६ जेठ २०८३, मंगलबार

अदालतको बहसमा अन्जु पन्तको गीतको चर्चा, ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’

अदालतको बहसमा अन्जु पन्तको गीतको चर्चा, ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा गायिका अन्जु पन्तको गीतको चर्चा चलेको छ ।

बिहीवारको बहसमा अधिवक्ता गोपालकृष्ण घिमिरेले गायिका पन्तको गीत सम्झिँदै अहिलेको संविधान ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भएको तर्क गरे ।

‘२/२ वटा संविधान सभाले यथेष्ट छलफल गरेर बनाएको संविधान अहिले न बिर्सें तिमीलाई न पाएँ तिमीलाई जस्तो भएको छ,’ उनले भने, ‘त्यसैले हामी संविधानको रक्षार्थ उभिएका छौं ।’

बहसका क्रममा न्यायाधीश सपना मल्ल प्रधानले घिमिरेको ‘बहस नोट’ मागेकी थिइन् । घिमिरेले प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको थियो । रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्