२२ जेठ २०८३, शुक्रबार

बाक्लो हुस्सु र जाडोले २ दिन विद्यालय बन्द

माघ १५, २०७७
बाक्लो हुस्सु र जाडोले २ दिन विद्यालय बन्द
प्रतिकात्मक तस्वीर

बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा २ दिन विद्यालय बन्द गरिएको छ । 

स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहीवार र शुक्रवार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए ।

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय बन्द भएकाले सो निर्णय कार्यान्यवन गर्न विद्यालयलाई निर्देशन दिइएको छ ।

नगरपालिकामा कूल १ हजार ८३६ निजी तथा सार्वजनिक विद्यालय छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्