०८ साउन २०८३, शुक्रबार

दिल्ली हिंसामा संलग्न किसान नेताहरूविरुद्ध लूकआउट नोटिस जारी

माघ १५, २०७७
दिल्ली हिंसामा संलग्न किसान नेताहरूविरुद्ध लूकआउट नोटिस जारी

भारतको राजधानी दिल्लीमा गणतन्त्र दिवसको अवसरमा मंगलवार फैलिएको हिंसा संलग्न किसान नेताहरूका विरुद्ध प्रहरीले लूकआउट नोटिस (खोजी सूचना) बिहीवार जारी गरेको छ । उनीहरूको पासपोर्ट पनि जफत गर्ने निर्णय लिइएको छ ।

उक्त दिन भएको ट्य्राक्टर र्‍यालीका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको थियो । एकजनाको ज्यान समेत गएको थियो । 
 

त्यसदिन हिंसा भड्किएकाले किसानहरूले आगामी सोमवार बजेट डेका दिन संसद् भवनसम्म जुलुस निकाल्ने कार्यक्रम रद्द गरेका छन् । 

लगभग ४०० प्रहरी जवानहरू प्रदर्शनकारीसँगको मुठभेडमा घाइते भएका थिए । 

किसानहरूले तीन नयाँ कृषि कानूनविरुद्धको शान्तिपूर्ण विरोध प्रदर्शनमा असामाजिक तत्त्वहरू प्रवेश गरेर हिंसा मच्चाएको आरोप लगाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्