०४ असार २०८३, बिहीबार

सुशासनमा न्युजिल्याण्ड र डेनमार्क पहिलो, नेपालमा अघिल्लो वर्षभन्दा भ्रष्टाचार बढेको निष्कर्ष

सुशासनमा न्युजिल्याण्ड र डेनमार्क पहिलो, नेपालमा अघिल्लो वर्षभन्दा भ्रष्टाचार बढेको निष्कर्ष

सुशासन सूचकांकमा नेपाल गत वर्षभन्दा खस्किएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपाल ४ अंकले खस्किँदै १ सय १७ औं स्थानमा पुगेको छ । 

सन् २०१९ को सूचकांकमा ३४ स्कोरसहित ११३ औं स्थानमा रहेको नेपाल अहिले ३३ अंकसहित ११७ औं स्थानमा पुगेको छ ।

३३ अंक पाउने अन्य मुलुकमा जाम्बिया, सिरालियोन, इजिप्ट र युक्रेन छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले बिहीवार पत्रकार सम्मेलनमार्फत् सीपीआई सार्वजनिक गर्दैछ ।

८८ स्कोरसहित न्युजिल्यान्ड र डेनमार्क पहिले नम्बरमा छन् ।

८५ अंकसहित फिनल्याण्ड, स्वीटजरल्यान्ड, सिंगापुर र स्विडेन तेस्रो वरीयतामा परेका छन् । 

१२ स्कोर सहित सोमालिया र दक्षिण सुडान १७९ नम्बरमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्