२५ जेठ २०८३, सोमबार

प्रधानमन्त्री ओली विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ शुरू

प्रधानमन्त्री ओली विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ शुरू

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गर्ने अभिव्यक्ति दिएको भन्दै सर्वाेच्च अदालतमा परेको निवेदनमाथि सुनुवाइ शुरू भएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा ओलीविरुद्धका २ मुद्दामाथि बिहीवारको इजलासमा सुनुवाइ भइरहेको छ ।

ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै निवेदन दिएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डरीलाई ओलीलाई ‘बाजे वकिल’ भन्दै तमासा देखाएको अभिव्यक्ति दिएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्